नेपाली सिने जगतका सुपरहिट नायक दिलिप रायमाझी यो समय बिभिन्न क्षेत्रमा राहत बाड्न हिडिरहेका छन इन्द्रेणी टिम संग।कृष्ण कंडेल सहितको टिम संग हिडेका दिलिपलाइ केहि समय लिएर आज कंडेलले कुराकानी गरेका छन।लामो समय चलचित्र जीवन बिताएर पनि उस्तै फुर्तिला देखिने दिलिप रायमाझीले आफु पुगेको स्थान सम्झेर बिगतको रमाईलो पलको केहि हिस्सा बाहिर ल्याएका छन।
सोहि ठाउँमा सुटिङ्गमा जादा बोका कुखुरा चोरेको याद गर्दै उनले बताए 'दिन भर बोकेर होला त्यो बोका पनि मर्यो कुखुरा पनि,त्यो समय सम्झेर निकै रमाईलो पनि लाग्छ र निकै दया पनि जाग्छ'।चकलेटी नायकको रुपमा देखिने रायमाझी अहिले पनि उस्तै फुर्तिलो र रमाईलो देखिन्छन।हेरौ यो बिशेष कुराकानी कृष्ण कंडेलको साथमा इन्द्रेणीमा :