Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

पुन:राखियो यो दाजुको मिरमिरे आँखा युटुबमा,भयो चेतन गोतामे र असली सर्जकको यस्तो सहमति

पुन:राखियो यो दाजुको मिरमिरे आँखा युटुबमा,भयो चेतन गोतामे र असली सर्जकको यस्तो सहमति

केहि दिन अगाडी लिखित सहमति बिना नै कभर गीत बजारमा ल्याएको भन्दै आक्रोशित भएका यो दाजुको मिरमिरे आँखाका सर्जक धनबहादुर गायकले उक्त गीतको लिखित सहमति गरेका छन।चेतन गोतामेले उक्त गीतको अगाडीनै मौखिक सहमति गरेको भए पनि पुन मिडियामा धन बहादुर गायकले आफु संग बिना अनुमतिनै गीत बजारमा ल्याइएको भन्दै दुख व्यक्त गरेका थिए।

मिडियामा उक्त बिषय उठे संगै चेतन गोतामेले गीतलाई आफ्नो च्यानलमार्फत प्राइभेट गरेका थिए।गोतामेले भनेका छन'सहमति गर्न सिधा पोखरा जान समस्या भएकै कारण उक्त समय मुस्किल भएको हो,सुरुमा गीत गाउँदा असली सर्जकको पहिचान गर्न गाह्रो भयो जव पहिचान भयो त्यहि समय दाई संग सम्पर्क गरेको हो।बिना अनुमति गीत बजारमा ल्याएको भन्ने झुटो हल्लाह थियो अनुमति लिखित चाहि न गरेकै हो।'सर्जकलाई कभर गायक चेतन गोतामेले आपसी समाजदारिमा रोयल्टी दिने बिशेष श्रोतले जानकारी दिएको छ।

चेतन गोतामे संग गरिएको कुराकानी :

प्रेस बिज्ञप्तिमा लेखिएको छ:

समस्त आदरणिय शुभचिन्तक आफन्तजन एबँम भगवानरुपि दर्शक महानुभाबहरुमा हार्दिक नमन।काम गर्दै जाँदा धेरै कुराहरु सिक्ने अबसर मिल्छ र मिल्यो पनि । यो दाजुको मिरमिरे आँखा जुन गित मेरो जिबनको सफल गित मात्रै बनेन

जुन गित मेरो जिबनको अकल्पनिय पाठ पनि बन्यो यसले मौखिक सहमति भएर मात्रै नहुने र कागजिय सहमति चाहिने कुरा मात्रै होइन प्रतिलिपि एेन : अन्तर्गतका धेरै पाठ पनि पढायो सफलता असफलता जिन्दगीको हरेक दुख सुख एउटा महत्त्वपूर्ण पाठ हो भन्ने सुन्दै आएको थिए आज प्रत्यक्ष भोगेर केही सिक्ने अबसर मिल्यो यो यस गित सँग जोडिएका धेरै थोरै बिघ्न बाधा हरुलाइ छिचोल्दै यसका सम्पुर्ण प्रकृया पूरा गरि हजुर हरुमाझ फेरि यो गित साभार गर्ने अनुमति पाएको छु।

यस प्रक्रियामा मलाइ प्रत्येक्ष अप्रत्येक्ष सहयोग गरि सहजिकरण गरिदिनु हुने सम्पुर्ण अग्रज दाजुहरु प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु। साथै सबैभन्दा महत्त्वपूर्ण भुमिका खेल्नु हुने आदरणिय दाजु घनश्याम रिजाल दाजु प्रति धेरै धेरै सम्मान र साथमा राजन कार्की अनि दिलिप गायक दाजुलाइ धेरै धन्यबाद दिन चाहान्छु

नोट : उदयिमान कलाकारलाइ हतोत्साहि बनाउनु हुदैन र उनिहरुलाइ दिइएको वचन फिर्ता लिनुहुन्न भनेर अनुज कलाकार लाई प्रोत्साहन गर्ने यस गितका सर्जक धन बहादुर गायक जस्तो ठुलो हृदयको मान्छेलाइ म कसरी सम्मान गरु उहाको बारेमा जति लेखे पनि अपुग नै हुन्छ सर्जक धन बहादुर गायक दाजुप्रति सिर निउराएर हार्दिक सम्मान प्रकट गर्दै यो दाजुको मिरमिरे आँखा गितलाइ फेरि पनि तेस्तै माया गरिदिनु हुन भगवान रुपि आम दर्शक महानुभाब हरुलाइ हार्दिक अनुरोध गर्न चाहान्छु धन्यबाद।

पुन राखिएको गीतको लिंक :