कमल सरगम ,काठमान्नेडौ -नेपाली लोकदोहोरी बिकासको लागि निरन्तर लाग्दै आइरहेको लोकप्रिय कार्यक्रम इन्द्रेणीको संचालक कृष्ण कंडेल र पृथ्वी थकाली मिलेर आज पनि बिभिन्न कलाकार टिमहरुलाई सहयोग हस्तान्तरण गरेका छन। झन्डै १ सय ६० जना डान्सर र २६ जना प्राबिधिकलाइ खाद्यन संगै आर्थिक रकम हस्तान्तरण गरेका हुन।
लोकप्रिय निर्देशक प्रकाश भट्टको संयोजनमा उक्त सहयोग अभियान सुरु भएको थियो।अभियान अगाडी बढे संगै प्रकाश भट्टले नायक दिलिप रायमाझीलाइ उक्त बिषयको जानकारी दिएका थिए।दिलिप रायामाझीले लोकप्रिय कार्यक्रम इन्द्रेणी संचालक कृष्ण कंडेललाइ जानकारी दिए संगै उक्त अभियानलाई सार्थकतामा बदलेका हुन्।कंडेल यतिबेला अस्वस्थ रहेपनि पिडामा रहेकालाई निरन्तर सहयोग गर्दै आएका छन।

इन्द्रेणी टिमलाइ विश्वास गरि बिभिन्न दुखि पिडितलाई दिनु भनि पठाईएको रकमलाइ पर्दा पछाडिका र पर्दा अगाडिका साइड डान्कसर लाकारहरुलाई रु ५ लाख ७६ हजार सहयोग हस्तान्तरण गरेका छन।प्रत्यक डान्सरलाइ रु ३ हजारको दरले र प्रत्यक प्राबिधिकलाइ रु ५ हजारको दरले सहयोग रकम प्रदान गरेका हुन् भने एता समाजसेवी पृथ्वी थकालीको तर्फबाट १ सय बोरा चामल प्रदान गरेको कार्यक्रम संयोजक प्रकाश भट्टले जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमान्डौ नगरपालिका ११ का अध्यक्ष हिरालाल तन्डुकारले सहयोग हस्तान्तरण गरि कार्यक्रमको उतघाटन गरेका थिए।
अभियानमा केहि रकम उठ्न बाँकी रहेको र केहि उठेको रकमबाट तेल लगाएतका सामग्री वितरण गरिएको भट्टले जानकारी दिए।एता अभियानमा साथ् दिनको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी बरिष्ठ उपाध्यक्ष रिता थापा,लोकदोहोरी प्रतिष्ठानका कलाकार कल्याणकारी कोषका निवर्तमान अध्यक्ष तथा सस्थाका पुर्व अधक्ष्य दुर्गा रायमाझी,प्रतिष्ठानकै केन्द्रिय सदस्य पी एन सापकोटा,चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा,चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की ,बरिष्ठ निर्देशकहरु कमल राइ,गोबिन्द राई र प्रदिप श्रेष्ठ रहेका थिए। सहभागी कलाकार रबिन्द्र खड्काले यो बिपतको समयमा पनि आफुलाई रात दिन खटाउने कृष्ण कंडेलको मुक्त कण्ठले तारिफ गरेका थिए।
यो अभियान निरन्तर जारि रहने निर्देशक प्रकाश भट्टले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।दुखि हुदै भट्टले भने'यो अभियानमा कुनैपनि निर्देशक ,म्युजिक कम्पनि तथा कलाकारहरुले केहि साथ् दिएनन'।