Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

कोभिड-१९ मा किरण, शंकर,बिना र खुसिको "सलुट" सार्बजनिक(भिडियो सहित)

कोभिड-१९ मा किरण, शंकर,बिना र खुसिको "सलुट" सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : – गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको हो ।

कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुक प्रति समर्पित हुँदै यस संकटको घडिमा मार्मिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् । सयौं गीतहरुमा आफ्नो शब्द द्वारा दर्शक श्रॊतहरुको मन जित्न सफल गीतकार गुरुङको यस भिडियोले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=mhAmqCATvTU