लोकप्रिय गायिका टिका पुनकी छोरी एन्नी पुन मगरले गाएको कभर गीत'तिमी र म'बजारमा आएको छ।निकै सुमधुर आवाज भएकी एन्नीले गाएको पहिलो गीतनै निकै मिठो बनेको छ।सधै गीत संगीतमा रमाउने टिका पुनकि छोरी पनि गायिकालो लक्षणमा छिन भनेर पत्याउन धेरैलाई गाह्रो थियो होला तर गीतनै बजारमा आएपछि त्यो अन्योलता मेटिएको छ।
२ दशक लामो दोहोरी यात्रालाई अगाडी बढाएकि टिकाको छोरीले भने पप र सुगम गीतलाई मन पराउने गरेको देखिन्छ।दिक्षिता कार्कीले आवाज दिएको गीतमा उनले कभर गरेकी हुन् भने गीतमा शब्द गुन्जन खनालको रहेको छ।चेतन राज कार्कीले संगीत गरेको गीत निकै मिठो बनेको छ।हेरौ भिडियो नै :