काठमाडौं- युवा गायक हेमन्त कान्छा रसाईलीले समसामयिक घटनामा आधारित देशभक्ति भावना झल्किने चेतनामुलक गित सार्वजनिक भएको छ । “थर बदल्नु पर्दैन”बोलको उक्त गितको म्युजिक भिडियो अस्ति शुक्रबार Hemanta Kanchha Kasaily युट्युब मार्फत सार्वजनिक भएको हो । Hemanta Kanchha Kasaily को प्रस्तुति “थर बदल्नु पर्दैन”हेमन्त कान्छा रसाईली र चर्चित तथा लोकप्रिय गायिका देबी घर्ति मगरको स्वर छ । सपना रसईली शब्द संकलन रहेको यस गितमा लय हेमन्त कान्छा रसाईलीको रहेको छ । गएको शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोलाई ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ ।
६० भिउज पुग्दै गर्दा म्युजिक भिडियो ट्रेडिङमा आएको छ । यो न्युज बनाउदै गर्दा यतिबेला ट्रेडिङ ४६ मा पुगिसकेको छ । कारण चैसिरको उत्कृट छायांकन रहेको म्युजिक भिडियो सर्जक हेमन्त कान्छा रसाइलिको निर्देशन तथा सह निर्देशन रुबिन मगरले गरेका हुन् भने मनोज कार्कीको उत्कृट सम्पादन रहेको छ । म्युजिक भिडियो सुरबीर पण्डित ,हेमन्त कान्छा रसाइली ,अन्जु निरौला,चक्र साउद आर,सी र रुबिना भण्डारीको उत्कृष्ट अभिनय रहेको छ ।