Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

यो संसार छाड्नु अगाडी सामाजिक सञ्जालको अन्तिम पोष्टमा सुशान्तले लेखेका थिए मन रूहाउने स्टाटस

यो संसार छाड्नु अगाडी सामाजिक सञ्जालको अन्तिम पोष्टमा सुशान्तले लेखेका थिए मन रूहाउने स्टाटस

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । ३४ वर्षीय अभिनेताले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

गत ८ जुनमा उनको म्यानेजर दिशा सलियानले पनि एउटा भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् ।

घरका कामदारले प्रहरीलाई बताएअनुसार उनी हिजोदेखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए ।

सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर (क्षणिक, केही बेरमा नाश हुने) बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ ।

सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो र सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए । ‘यो भयानक अनुभव थियो । यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जानभन्दा अघि थिएँ ।’

सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चलचित्रमा काम गरेका थिए । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायत चलचित्र रहेका छन् ।