Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

टिकटकबाट चर्चामा आएका सुधिर संगै बले ,पल र रियासाले अभिनय गरेको भिडियो बाहिरियो

टिकटकबाट चर्चामा आएका सुधिर संगै बले ,पल र रियासाले अभिनय गरेको भिडियो बाहिरियो

पछिल्लो समय सामाजिक संजालबाट भाईरल हुदै सेलिब्रेटिको दर्जा पाउनेहरु निक्कै बढेर गरेको छ । युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक संजालमा आफ्नो कला प्रदर्शन गर्दै आफुलाई स्थापित गराउन सफल हुनेहरु नेपालमा पनि बढिरहेको छ । यस्तै भाईरल भएर सेलिब्रेटिको दर्जा तिर लम्किरहेको एक जोडीको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । टिकटकमा भिडियो बनाउदै आफ्नो अभिनय र नृत्य कला प्रदर्शन गरिरहेका सुधिर श्रेष्ठ र उनकी श्रीमती रोशनी श्रेष्ठ पछील्लो समय स्व श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनुर’मा समाबेश गीतमा टिकटक भिडियो बनाएर भाईरल भएका थिए ।

यी जोडीको भाईरल हुदै गर्दाको समाचार हेर्नको लागि यहा क्लिक गर्नुस् ।

छोटो समयमा धेरैको माया पाएका यो जोडीले म्युजिक भिडियोमा पनि मौका पाए । जुन हालै सार्बजनिक भएको छ । ‘ए है माया’ बोलको डान्सिङ्ग गीतमा छमछमी नाचे । तर सुधिरको श्रीमती रोशनीले भने भिडियोमा नाच्ने मौका पाएकी छैनन् । सुधीरले आफ्नो मोबाईलमा रोशनीको फोटो हेरेर सम्झिएको मात्र देखिएको छ । सार्बजनिक गीतको भिडियोमा अब्य चर्चित अनुहारलाई पनि देख्न सकिन्छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

हास्य टेलिफिल्म भद्रगोल तथा सक्किगोनि बाट चर्चा कमाउदै मोडलिङ्गमा समेत राम्रो स्थान पकड गर्न सफल सागर लम्साल ‘बले’, म्युजिक भिडियो मोडलिङ्गमा स्थापित हुदै नेपालि फिल्ममा गन्तीका अभिनेता बन्न सफल पल शाह र वेब सिरिजबाट चर्चामा आएकी रियाशा दाहाल फिचर्ड भएका छन् । जारि लकाडाउनको दौरानमै छायांकन भएको भिडियोलाई युट्युबमा सार्बजनिक पश्चात धेरै सकारात्मक प्रतिक्रिया आईरहेको छ ।

भिडियोमा पनि लकडाउनलाई पालना गर्दै कोरोना महामारी संग सुरक्षित तवरले लड्न आग्रह गरिएको छ । क्वारेण्टाईन भित्रको मायाप्रेमलाई कलात्मक तथा रोचक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । सार्बजनिक भिडियोको गीतमा मेलिना राई र सरोज ओलीको स्वर रहेको छ भने गायक ओलीले नै गीतको सब्द तयार गरेका हुन् । म्युजिक भने दिपक शर्माले भरेका छन । गायक ओलीले नै निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् । भिडियोको कन्सेप्ट तथा कोरियोग्राफी भिक्रम स्वरको हो । भिडियो सार्बजनिक अघिदेखि नै यो गीत टिकटकमा लोकप्रिय हुन थालिसकेको थियो ।