Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बेलायतमा अमेरिकन र भारतीयलाई नागरिकलाई प्रवेश निषेध,कारण के त?

बेलायतमा अमेरिकन र भारतीयलाई नागरिकलाई प्रवेश निषेध,कारण के त?

एजेन्सी, २६ असार । कोरोना भाइरस महामारीले युरोपलाई ठूलो जनधनको क्षति पुर्‍याएसँगै जीवन ठप्प छन् । महामारीको शुरु चरणमा युरोपका विकसित मुलुकमा कोरोना भाइसरले आंतक मचाएका थिए । अहिले विस्तारै अवस्था सामान्य हुँदै गएको छ ।

पर्यटनलाई मध्य नजर गर्दै युकेले विश्वका ६० मुलुकका नागरिकलाई प्रवेश अनुमति जारी गरको छ । ती मुलुकाका नागरिकले विना क्वारेन्टिन बसी युकेमा यात्रा गर्न पाउने छन् ।युके सरकारले जारी गरेको बयानमा भनिएका छन् कि ‘यो सुबिधा केवल त्यो मुलुकहरुको लागि हो जहाँ कोरोना कम खतरा छन् ।’

ती मुलुकको नाम सार्वजनिक गरिएको छन् । जसमा जर्मनी, स्पेन, फ्रान्स, इटली, अस्ट्रेलिया, र न्यूजील्याण्ड प्रमुख छन् । एसिया महादेशबाट जापान, ताइवान, हङकङ, भियतनाम, क्यारेबियन, मोरीशस र सेशेल्स प्रमुख रहेको छन् ।यी राष्ट्रहरुलाई कम खतरा भएको बताएको छन् । अब यी देशका नागरिकालाई युके प्रवेश अनुमति पाउनुका साथै क्वारेन्टिन बस्नु पदैन ।

युकेको यातायात सचिव ग्रान्ट शाप्सले मिडियासँग कुराकानी गर्दै भने, ‘देशले २४ औं घण्टा काम गर्दै छन् । यसकारण स्थिति सुधार भईरहेको छ । हाम्रो प्रथामिकता सुरक्षा हो । यदि फेरि अवस्था कमजोर भएमा हामी आइसोलेशन, क्वारेन्टिनलार्र्ई कडा साथ लागू गर्नेछौं ।’

युकेमा ४४ हजार मानिसले ज्यान गुमाएका छन् । कुल २ लाख ८६ हजार संक्रमित रहेको छन् ।