Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नायक अमिताभ र अभिषेकमा कोरोनको पुष्टी!!! बाँकी परिवारका सदस्यको रिपोर्ट यस्तो छ

नायक अमिताभ र अभिषेकमा कोरोनको पुष्टी!!! बाँकी परिवारका सदस्यको रिपोर्ट यस्तो छ

एजेन्सी । कोरोना संक्रमणका कारण शनिबार मुम्बाईस्थित नानावटी अस्पतालमा भर्ना भएका बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरूलाई अहिले सामान्य आइसोलेसनमा मात्रै राखिएको बताइएको छ । नानवटी अस्पतालका पीआर डिपार्टका अनुसार अमिताभ र अभिषेकमा सामान्य लक्षण मात्रै देखिएको र उनीहरू खतराभन्दा बाहिर भएको बताइएको छ ।

अमिताभ र अभिषेकले शनिबार ट्विट गरेर यसको जानकारी दिएका हुन् भने सोही दिन उनीहरूलाई अस्पताल भर्ना गरेको हो । साथै उनीहरूमा श्वास्प्रश्वासमा पनि केही समस्या नदेखिएको पुष्टि भएको छ ।

ऐश्वर्या र जयाको रिपोर्ट नेगेटिभ

अमिताभ र अभिषेकमा कोरोना देखिएपछि बाँकी परिवारसदस्य जया, ऐश्वर्या र आराध्याको पनि परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि उनीहरूको घरका कर्मचारीको रिपोर्ट आउन बाँकी भएको भारतीय मिडियाले बताएको छ ।

यसैक्रममा बीएमसीका कर्मचारीले अमिताभको घरलाई स्यानिटाइज गरेका छन् । योसँगै बीएमसीले अमिताभको परिवारको कन्ट्याक्ट ट्रेसिङ पनि गरिरहेको छ ।

(नवभारत टाइम्स)