Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ब्राजिल कोरोना अपडेट: एकै दिन ७० हजार संक्रमित थपिए,ज्यान गुमाउनेको संख्या यस्तो

ब्राजिल कोरोना अपडेट: एकै दिन ७० हजार संक्रमित थपिए,ज्यान गुमाउनेको संख्या यस्तो

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २२ लाख ३१ हजार ८७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २९३ जनाको निधन भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले निधन हुनेको संख्या ८२ हजार ८९० पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

१५ लाख ३२ हजार १३८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ८४३ जनाको उपचार भइरहेको छ ।