Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको कडा टिप्पणी!

चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको कडा टिप्पणी!

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीतको अहिलेको स्थितिलाई ‘गम्भीर’ भएको टिप्पणी गरेका छन् ।ट्रम्पले अहिलेको परिस्थिति प्रतिकूल भएकोले आफू भारत र चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

भारत र चीनको विवादको विषयमा दुवै देशहरुसँग अमेरिकाले छलफल गरिरहेको बताँदै ट्रम्पले यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने सके आफूलाई खुसी हुने बताएका छन् ।

ट्रम्पले चीनको आलोचना गर्दै अहिलेको समयमा चीनको चर्चा रुसकोभन्दा बढी गरिनुपर्ने बताएका छन् ।चीनले गरिरहेको काम निकै खराब भएको आरोप लगाउँदै ट्रम्पले भने ‘पूरै विश्वले बुझ्नुपर्छ कि चीनले कोरोनाभाइरसको विषयमा के गर्यो ।’

ट्रम्पले एकपटक फेरि कोरोनाभाइरसलाई चाइना भाइरस भने । ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गर्दै भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयास पनि गरे । उनले भारतीयहरुले आफूलाई भोट दिने आशा पनि व्यक्त गरे ।