Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

प्रेम गीत ३ कि खास गीत बनिन समृद्धि शाही र प्रेम बने अनुभब

प्रेम गीत ३ कि खास गीत बनिन समृद्धि शाही र प्रेम बने अनुभब

ठुलो तामझामका साथ चलचित्र ‘प्रेम गीत ३’को निर्माण तयारी भइरहेको छ । कलाकार छनौट देखी नै चर्चामा आएको यस चलचित्रका लागि अर्की नयाँ कलाकार फाइनल भएकी छिन् । आसुसेन फिल्मस् प्रोडक्सनले ‘गीत’को भूमिकामा बालकलाकार समृद्धी शाही ठकुरीलाई अनुबन्धित गरेको हो ।

केही समय अघि मात्रै २७ सय प्रतिस्पर्धी बाट गीतको भूमिकाको लागी क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन् । साथमा अब उनको बालापनको भूमिकालाई समृद्धी शाही ठकुरीले निभाउने भएकी छिन् । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्ने चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा फाइनल भइसकेका छन् ।