Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतीमा कोरोना खोप लगाएका एक जनाको मृत्यु

भारतीमा कोरोना खोप लगाएका एक जनाको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरस विरुद्धको खोप परीक्षणका क्रममा एक व्यक्तिको मृत्यु भएको छ।

भारत बायोटेक र आईसीएमआरले बनाएको घरेलु कोरोना भ्याक्सिन (कोभाक्सिन)को अन्तिम ट्रायल यसै महिना सम्पन्न भएको छ।

जनवरी ७ तारिखमा अन्तिम ट्रायल सम्पन्न भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

खोप परीक्षण देशभरिमा २६ हजार भन्दा बढी व्यक्तिमा गरिएको थियो।

सो खोप दिइएको एक व्यक्तिको हालै भोपालमा मृत्यु भएको छ।

भोपालको पिपुल्स मेडिकल कलेजमा १२ डिसेम्बरमा खोप दिइएका २१ वर्षीय स्वयम्‌सेवक दीपक मरावीको २१ डिसेम्बरमा मृत्यु भएको हो।