Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतमा पछिल्लो २४ घण्टामा थपिए यति धेरै संक्रमित !!

भारतमा पछिल्लो २४ घण्टामा थपिए यति धेरै संक्रमित !!

काठमाडौँ , भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ३०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४२ हजार ९२३ पुगेको छ।

संक्रमणका कारण भारतमा थप ४३१ जनाको मृत्यु भएको छ। हालसम्‍म संक्रमणका कारण ४ लाख ४३ हजार ९२८ जनाको मृत्यु भइसकेको छ।

भारतमा पछिल्लो २४ घण्टामा ६४ लाख ५१ हजार ४२३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा कोभिड १९ विरुद्ध ७६ करोड ५७ लाख १७ हजार १३७ जनाले खोप लगाइसकेका छन्।