काठमाडौं, पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् ।कार्यक्रममा प्रकाश सपुत र सम्झना भण्डारी पहिलोपटक लामो समयपछी एकसाथ मिडियामा आएका छन ।
कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफूलाई मन छोएको बताए । उनले अडियो पछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आशावादी रहने बताए । साथै गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहदा केहि फरक गर्ने कोसिसका साथ नयाँ गीत ल्याएको जानकारी गराइन् । सम्झनाले यसअघि पनि पृथ्वी इन्टरटेनमेन्टबाटै सार्वज्निक थुप्रै गीत गाएकी छिन् ।
भिडियोका कलाकार प्रकाशले आफ्नो गीतसंगीतको करिअरनै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु गरेको सम्झिए । उनले भने, ‘म जुन बेला काठमाडौंको गल्लिमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ । त्यो समयमा पृथ्वी थकालीदाईसँग भेट नभएको भए सायद आज यो प्रकाश सपूत हुँदैन थियो होला ।’
नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । साथै भिडियोमा निर्देशक बिक्रम स्वार भन्ने थाहा पाएपछि भिडियो निर्माणमा कुनै कमि हुँदैन भन्ने महसुसले पनि आफू खुसी भएको उनले बताइन् ।
भिडियोमा बिक्रम स्वारको निर्देशन छ भने नवराज उप्रेतीले खिचेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।
[embed]https://youtu.be/sJrlm7qmpTE[/embed]