Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नेवार समुदायले धुमधामका साथ योःमरी पून्हिँ पर्व मनाउँदैं

नेवार समुदायले धुमधामका साथ योःमरी पून्हिँ पर्व मनाउँदैं

भक्तपुर : आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ योःमरी पून्हिँ पर्व मनाउँदैं छन् । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष प्रकारको रोटीलाई योःमरी भनिन्छ।

सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समूदायले योःमरी पून्हिँको रुपमा मनाउने गरेको हो । ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउँदै आएको छ । योःमरीको महत्व नेवार समुदायमा यमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा योःमरी नभई नहुने पकवान्न मध्ये एक हो ।

योःमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले बताए । योःमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ ।