Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नयाँ मौलिक दोहोरी 'ओइ सानी' को म्युजिक भिडियो सार्वजनिक

नयाँ मौलिक दोहोरी 'ओइ सानी' को म्युजिक भिडियो सार्वजनिक

गायक टेक बहादुर अधिकारीकाे नयाँ मौलिक दोहोरी गीत सार्वजनिक गरिएको छ ।अधिकारिका यस अघिनै ' पर्देशिको दशै','भाइ आयो लिनलाइ', 'हेर्छु' लुकिलुकी' जस्ता मौलिक गितहरु सार्बजनिक भैसकेका छ्न।

एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको 'ओइ सानी' को म्युजिक भिडियो बिहिवार सार्वजनिक गरिएको हो उक्त गीत अहिले ट्रेण्डिङ भित्र पर्न सफल रहेको छ।

उक्त गीतमा गायक अधिकारीलाई अहिलेका युवा युवती माझ निकै नै लोकप्रिय गीत 'नौटंकी माया', 'डबलमाया'कि गायिका सृजना खत्री हाउडेमायाले साथ दिएकी छिन् ।

यस गीतमा चाडपर्वमा जात्रा तथा बिहे बर्तमान तिर गाउँ घरमा हेने नौलिक दोहोरी घम्साघम्सिलाइ दर्साइएको छ । अभिनय तर्फ हास्य सिरियल सक्किगोनी का एदुमे अर्थात क्यारिकेचर किङ्ग सुबोध गौतमले पहिलो पटक म्युजिक भिडियो 'ओइ सानी' मा काम गरेका छन् भने अर्का मोडल आयुश्मा कार्किले साथ दिएकि छ्न।। भिडियोमा गाउघरमा कुनै चाडपर्व तिर हुने रमाईलोलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न खोजिएको छ । गायक अधिकारीकै शब्द रेशम प्रधानको लय तथा एरेन्ज रहेको यस गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन गरेका हुन् । हेरौ यो भिडियो :

https://youtu.be/Ii_IYAlg3OU