कमल सरगम -काठमान्डौ :लोकदोहोरी प्रतिष्ठानको निबर्तमान अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा २०७६ बैशाख २१ गते शिलान्यास भएर २०७६\०८\१ गते निर्माण सम्पन्न भएको केन्द्रीय कार्यालय भवन निर्माणको आर्थिक विवरण सार्बजनिक गरिएको छ।हाल सम्म गरिएको खर्च र आएको सहयोग संगै सस्थाको बाँकी रकम संग जोडिएर बद्री पंगेनीले उक्त फाइल हालका अध्यक्ष रमेश बिजिलाई हस्तान्तरण गरेका छन। भवनको लागि २ लाख भन्दा माथी सहयोग गर्नेलाई बोर्डमै नाम लेखिने र २५ हजार भन्दा माथिको सहायोगदातालाई सिलालेखमा नाम लेखिने सस्थाको कार्यसमितिबाट जानकारी आएको छ भने अन्य सहयोगी दाताको नाम भने स्मारिकामा प्रकाशित गरिने बताईएको छ।

कार्यक्रममा बोल्दै बर्तमान अध्यक्ष वीजीले अब लोक तथा दोहोरी गीतमा सेन्सरको सुरुवात गर्ने बताए । आफ्नो योजनाबारे बोल्दै उनले भने–‘हामीले केही समय भित्रै आन्तरिक सेन्सर बोर्ड तयार गर्नेछौ । जहाँ यस क्षेत्रका दिग्गज व्यक्तिहरुलाई राखिनेछ । सरकारी तवरबाट पारित नभएसम्म हामीले आन्तरिक रुपमा नै लोक दोहोरीलाई सेन्सर गर्नेछौ ।’
भवन निर्माण कार्य समितिले वर्तमान कार्यसमितिलाई हस्तान्तरण गरेको भवन निर्माण सम्बन्धिको आय \ व्यय विवरण निम्नानुसार रहेको छ :
लेखिएको सहयोगदाताहरुबाट बोलिएको रकम (नगत तथा जिन्सी सहित) ;१,४८,४४,३९२ (एक करोड अड्चालिस लाख चौवालिस हजार तिन सय बयानन्बे मात्र )
उठेको रकम (नगत तथा जिन्सी सहित);१,३०,६९,८४९ (एक करोड तिस लाख उनान्सत्तरी हजार आठ सय उनान्पचास मात्र )
कुल खर्च : १,२०,३४,६९१\५२ (एक करोड बिस लाख चौतिस हजार छ सय एकानब्बे रुपैया बाउन्न पैसा )
नगत बचत :१०,३५,१५७\४८ (दस लाख पैतिस हजार एक सय सन्ताउन्न रुपैया बाउन्न पैसा मात्र )
उठ्न बाकी : १७,७४,५४३ (सत्र लाख चौहत्तर हजार पाच सय त्रिचालिस रुपैया मात्र )
खुद खर्च : ९८,६३,१७९\५२ (अन्ठानब्बे लाख त्त्रिसठ्ठी हजार एक सय उनासी रुपैया बाउन्न पैसा मात्र )
जिन्सी खर्च : २१,७१,५१२ ( एकाइस लाख एकहत्तर हजार पाच सय बाह्र रुपैया मात्र )
भवन निर्माणसमितिले आजैको मितिबाट नव - निर्वाचित कार्यसमितिलाई जम्मा नगत रकम १०,३५,१५७\४८ पैसा गरि र उठ्न बाकि रकम १७,७४,५४३ जम्मा २८,०९,७००\४८ (अठ्ठाइस लाख नौ हजार सात सय रुपैया अड्चालिस पैसा) नव -निर्वाचित अध्यक्ष श्री रमेश बि.जी. र कोषाध्यक्ष राजु ढकाल सहित सम्पुर्ण कार्यसमितिलाई हस्तान्तरण गरिएको जानकारी गरिएको सस्थाका निबर्तमान अध्यक्ष बद्री पंगेनीले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।सस्थालाइ सहयोग गर्ने सबै नेपाली सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन।