गायिका इन्दिरा गोले गुरुङ र बिदुर आपगाइले स्वर भर्नु भएको नया लोक दोहोरि गित 'कुम जोडि' केही दिन अगाडि बाट बजारमा आएको छ ।
माधब थापा को शब्द सिर्जना रहेको उक्त गीतमा बिदुर आपगाइको आफ्नै लय रहेको छ , भने निर्देशन देवेन्द्र पाण्डेले र संगीत संयोजन बिष्णु तामाङ ले गरेका छन् ।
उक्त गीतको भिडियो छायांकन बिपिन क्षेत्रीले गरेका छन , भने सम्पादन नवीन घर्ती मगरले गरेका छन् । 'कुम जोडि' गीतको अडियो शंकरा डिजिटल स्टुडियो मार्फत तयार भएको हो। लोक दोहोरि गित 'कुम जोडि' मा चर्चित मोडल करिश्मा ढकाल र नबराज गौतम को उत्कृष्ट अभिनय देख्न सकिन्छ । 'कुम जोडि' गित माने भञ्ज्याङ् म्युजिक युट्युब च्यानल मार्फत बजारमा आएको छ । हेर्नुहोस् भिडियो:
https://youtu.be/1yTlaSEBLAM