Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमै उत्पादित दूधले बजार नपाएको बेला भारतबाट दूध आयात गर्ने सरकारको निर्णय गलत छ : भक्त बहादुर के सी

नेपालमै उत्पादित दूधले बजार नपाएको बेला भारतबाट दूध आयात गर्ने सरकारको निर्णय गलत छ : भक्त बहादुर के सी

काठमाडौँ । नेपाल कृषी प्रधान देश हो । यहाँको धेरै ब्यक्तिहरु कृषीमा आधारीत छन । तर, पनि नेपालमा उत्पादित बस्तुहरुले देशको मागलाई धान्न सक्दैन ।

नेपाल भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको हावा पानि पाईन्छ । जसले गर्दा ठाउँअनुसारकै कृषि उपजहरू उत्पादन हुन्छन् । जसले गर्दा कुनै एक ठाउँमा उत्पादन हुने मौसमी उपज अर्को ठाउँमा बेमौसमी र अनौठो हुन सक्छ जसले गर्दा आर्थिक आम्दानी गर्न सहयोग पुग्छ । तर, पनि नेपालमा कृषि शिक्षाको अभाव, समयमा मल,विउ नपाउनु, दक्ष र काम गर्न सक्ने जनशक्ति बिदेशीनु,सरकारले किसानलाई सहुलियत दिन नसक्नु्, तरकारी, फलफुलले बजार नपाउनुले पनि पछिल्लो समय कृषी प्रतिको मोह घट्दै गएको छ । देशमा सबै खाद्यबस्तु उत्पादन हुन्छन् तर त्यस तर्फ सरोकार निकायले ध्यान नदिँदा बर्षेनी अरबौँको खाद्य समाग्री आयात गर्नु पर्ने बाध्यता छ ।

नेपाल खाद्य असुरक्षा र बारम्बार आउने प्राकृतिक प्रकोपहरू जस्तै बाढी,पहिरो,खडेरी,भूकम्प,रोग र कीराको जोखिममा छ । देशको कृषि क्षेत्र अझै पनि निर्वाहमुखी खेतीमा हावी रहेको छ जसको फलस्वरूप कृषि उपजको उत्पादन र उत्पादकत्व न्यून छ । नेपालमा दिगो कृषि र सुधारिएको पोषणको लागि बाली उत्पादकतामा सुधार गर्नु अत्यन्त आवश्यक रहेको छ । नेपालमा परम्परागत तरकारीहरूको उपस्थिति र उपयोगको दस्तावेजी तरकारी खेतीले मुख्यतया खाद्यान्न व्यवस्था, आम्दानी सृजना र रोजगारीको माध्यमबाट जीविकालाई समर्थन गर्छ । नेपालमा स्थानीय फलफूलका साथै विश्वभरबाट निकासी हुने फलफूलका वस्तुहरू रोपीएको छ । प्राकृतिक खेती र प्राङ्गारिक उत्पादन हाम्रो लक्ष्य हो ।

बजारमा आउने तरकारी नजिकैको पहाडी क्षेत्र,तराई र अधिकतम भारतबाट ल्याइन्छ । अत्यधिक सहरीकरण भएको काठमाडौं उपत्यकामा पनि केन्द्रीय सहर क्षेत्र बाहिरको ठूलो भूभाग कृषिमा समर्पित छ। नेपाल सरकारले पशुपालन कृषकहरुको जीविकोपार्जनमा उकास्नका लागि दूध उत्पादन र बजारिकरणमा जोड दिँदै आएको छ । हाल नेपालमा वार्षिक १८००००० मेट्रिक टन दूध उत्पादन छ,जसको २०५ औपचारिक क्षेत्रबाट बजारमा जान्छ र बाँकी ८०५ स्थानीय बजारमा बिक्री गरी घरायसी उपभोगमा प्रयोग गरिन्छ। कुल उत्पादन हुने दूधमध्ये ७० प्रतिशत भैंसीबाट र ३० प्रतिशत गाईबाट प्राप्त हुन्छ । प्राकृतिक दुग्ध फार्मले नेपालको पहाडी क्षेत्रमा जैविक दूध, चीज, बटर र आइसक्रिम जस्ता घाँस फिड डेयरी उत्पादनहरू उत्पादन गर्दछ । तर, पछिल्लो समय भारतबाट दूध आयात गर्ने सरकारले निर्णय गरेको छ । यो निर्णय अनुपयुक्त भएको धेरैको बिश्लेषण छ । नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने सरकारको निर्णयले दुग्ध ब्यबसायी मर्कामा परेका छन् ।

सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्। केही समय अघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको थियो। मन्त्रालयले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न दिएको अनुमति नेपाली किसानको हितविपरीत छ ।