काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।
स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्ने बताए।