काठमाडौँ । आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । उनका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान छ ।
तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन् । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद्को भनाई छ ।
आज काठमाडौँको मौसम पनि आंशिक बद्ली हुनेछ । भरे रातिदेखि भने सुधार आउने मौसमविद्को भनाई छ ।