Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रदेश १ भोली सार्वजनिक बिदा

प्रदेश १ भोली सार्वजनिक बिदा

काठमाडौँ । बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले भोली सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ। मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको हो।