Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोरङ-३ (१) मा आज मनोनयन दर्ता

मोरङ-३ (१) मा आज मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले मोरङ–३ को प्रदेशसभा (१) मा बिहीबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।

कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि मात्र मनोनयन दर्ताको समय दिएको हो।

आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

त्यसपछि दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक लगायतका प्रक्रिया सकेर भोली दिउँसो ४ बजे निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।