Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउ आज ह्वातै बढ्यो, कतिमा हुदैँ छ कारोवार ?

सुनको भाउ आज ह्वातै बढ्यो, कतिमा हुदैँ छ कारोवार ?

काठमाडौँ । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । उनका अनुसार सुनको भाउ अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताए ।

चुनावका कारण अमेरिकामा डलरको भाउ केही कमजोर भएकाले लगानीकर्ताले सुनमा लगानी गर्न थालेका छन् । यसकै असर भाउमा परेको हो । यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ