काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ ।
विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीलाई उद्धार गरी नेपाल फर्काइएको हो । सातैजनालाई अहिले काठमाण्डौको चाबहिलमा रहेको एक होटलमा राखिएको छ ।
सम्बन्धित मेनपावर कम्पनीले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने उद्दारमा सहयोग गर्ने धर्म ओभरसिज प्रालिले जनाएको छ ।