काठमाडौँ । देशभर जाडो बढ्दै गएको छ ।
जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौसहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको भन्दा आज एक डिग्री सेल्सियसले घटेको छ ।
हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको हो । आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।