Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन

चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् ।

सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भइ सबै ठाउँमा पुगिसकेका जानकारी दिए ।

सेनाले हिमाली जिल्ला जुम्ला,मुगु,हुम्ला,मनाङ,मुस्ताङ,डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ। सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ ।

चुनाव आउन अब एक हप्तामात्रै बाँकी छ ।