Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आम निर्वाचनमा अत्यावस्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने

आम निर्वाचनमा अत्यावस्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने

काठमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचनमा अत्यावस्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ।

निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ।

सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ।

अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने आयोगको भनाइ छ। तर यस्ता सवारीमा मतदाता ओसारपसार गर्न पाइनेछैन।