काठमाडौँ । नेकपा एमालेले आज चितवनमा चुनावी सभाको आयोजना गरेको छ ।
सभामा सम्बोधन गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा एमालेको सभा हुन लागेको हो ।
अहिले बिहान ११ बजेबाट सभा सुरु हुने बताइएको छ । सोही गेष्ट हाउसको चौरमा दुई दिनअघि सत्तारुढ गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो । उक्त चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए ।