Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बजारमा ग्याँसको कुनै अभाव नभएको र अभावको हल्लामा नपर्न उद्योग मन्त्री यादवको आग्रह

बजारमा ग्याँसको कुनै अभाव नभएको र अभावको हल्लामा नपर्न उद्योग मन्त्री यादवको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अफवाहमा नपर्न आग्रह गर्नुभएको छ।

हालै ग्यास अभावबारे गुनासो बढेपछि मन्त्रालयले बजारको मौज्दात र आपूर्ति अवस्थालाई निरन्तर अनुगमन गरिरहेको उहाँले बताउनुभयो। साथै, उपभोक्तालाई आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरिएको छ।

मन्त्री यादवले आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिँदै बजार अनुगमन र वितरण प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो।