काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार माधव नेपालसँग भेटवार्ता गर्न उनको निवासमा पुगेका हुन् । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति उनले असन्तुष्टि जनाएका थिए ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिमा विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेले लिने निर्णयप्रति माधव नेपालको असहमति रहेको बताइएको छ। यस विषयमा नेपालले यसअघि आफू निकट नेताहरूसँग छलफल गरेका थिए।
भेटका क्रममा प्रचण्डले सहमति प्रक्रियामा केही कमजोरी भएको स्वीकार गरेको नेपाल निकट स्रोतले जनाएको छ।
तीन बुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।