Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु

सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु

काठमाडौँ । सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ ।

मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।