Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न आयोगको पुनः निर्देशन

निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न आयोगको पुनः निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रचारप्रसारको वातावरण सहज बनाउन यसअघि कात्तिक २२ गते गृह मन्त्रालयमार्फत् ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर चितवन लगायतका जिल्लामा उम्मेदवार चढेको गाडीमा तोडफोड तथा दुई पक्षबीच झडप हुने घटना बढेपछि आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।

आयोगले विज्ञप्ति निकालेर उम्मेदवारको गाडीमा तोडफोड तथा झडपका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निकालेको विज्ञप्तिमा चुनावमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भन्दै निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको उल्लेख छ ।