Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आयोगले सोध्यो बाँकेमा नौ जनालाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आयोगले सोध्यो बाँकेमा नौ जनालाई स्पष्टीकरण

काठमाडौँ । बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।

आचारसंहिताविपरीत चामल बाँडेको,ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको,तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल,बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल,सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण पछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दा बढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको अधिकारीले बताए ।

नेपालगञ्ज वडा नं २० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गरे ।

वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लङ्घन भएको अधिकारीले बताए ।