Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्थानीय भन्छन् : चेतनाथ सञ्जेलको जितको सुनिश्चित

स्थानीय भन्छन् : चेतनाथ सञ्जेलको जितको सुनिश्चित

काठमाडौँ । त्यसो त अघिल्लो पटक नै धेरै आशंका थिए । चेतनाथ सञ्जेल पहिलो पटक चुनाव भिड्दै थिए । लामो राजनीतिक जीवनमा सधैँ पार्टीका उम्मेदवारलाई अग्रपङ्क्तिमा रहेर सघाएका थिए । ललितपुरको निर्वाचन क्षेत्र १ को ‘ख’ प्रदेश चेतनाथ सञ्जेलका लागि आफ्नो पार्टीको राजनीतिक धरातलभन्दा विपक्षी पार्टीको धरातल बलियो थियो । तै पनि उनले सहजै बाजी मारे ।

अहिले दोस्रो पटक उनी सोही क्षेत्रमा उही पदका लागि उम्मेदवार छन् । तर यो पटक उनका लागि छाती फराकिलो पार्ने पाँच वर्षे कार्यकाल नै काफी छ । यो बिचमा उनले विकासका सयौँ योजना ल्याउन सफल भएका छन् । स्वाच्छ छवि बनाउन सफल छन् । अथक रुपमा जनताका दुःखसुखमा निरन्तर साथ दिने सांसदको रुपमा चिनिन्छन् । विपक्षीहरु पनि नतमस्तक छन् । पार्टी पङ्क्ति एक ढिक्का छ ।

चेतनाथ सञ्जेललाई पनि भोट दिइएन भने पापै लाग्छ भन्ने मतदाताहरु छन् । शंखु,दलचोकी,गिम्दी,आश्राङ,प्युटार,माल्टा,इकुडोल, भट्टेडाँडा,घुसेल,देवीचौर,लेले–६,छम्पी,डुकुछाप,चापागाउँ–१० र ११ समेत गरी ख प्रदेशमा १५ वटा वडा छन् । यहाँ जहाँ पुगे पनि चेतनाथ सञ्जेलमार्फत विकास निर्माणका कार्य भएकै छन् । गुनासो एउटै छ कि अझै पर्याप्त हुन सकेको छैन । अबको कार्यकालमा पूरा गर्नैपर्छ ।

विपक्षीसँग खन्डन गर्ने र विरोध गर्ने विषय केही पाएका छैनन् । झिनामसिना कुरा गरेर अनेक बहानाबाजी गर्दा उल्टै आफू पछि परेको पत्तो पाउँदैनन् । इमान्दारी र समर्पित भावनाको कसै गरे पनि छेक्न र रोक्न सकिन्न । चेतनाथ सञ्जेलले स्थापित गरेको सत्य यही हो । सफल जनप्रतिनिधिको उदाहरण दिन सकेका छन् । त्यसैले चेतनाथ सञ्जेलको जित सुनिश्चि छ । घरदैलो, भेटघाट,बैठक,भेला,सभा आदिमा पाइएको अपार स्नेह, सद्भाव र मतदान गर्न आतुरताले यही पुष्टि गरेको छ । विपक्षी को के कस्तो केही भन्नु आवश्यक परेन । सतकर्मले आफ्नो मार्ग प्रसस्त पार्नु नै सफल राजनीतिज्ञको परिचय हो ।

एमाले पार्टी सफल चुनावी रणनीति तय गर्न जान्दछ । चेतनाथ सञ्जेलले दोस्रो पटक पनि सहजै बाजी मार्ने सुनिश्चित देखिएको सर्वेक्षणबाट पाइएको छ ।