Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ललितपुरमा दुई बालिका बलात्कृत

ललितपुरमा दुई बालिका बलात्कृत

काठमाडौँ । १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्‍वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।