Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भक्तपुरको कुण्डोलमा भिषण आगलागी, १ जनाको मृत्यु,१ जना घाइते

भक्तपुरको कुण्डोलमा भिषण आगलागी, १ जनाको मृत्यु,१ जना घाइते

काठमाडौँ । भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भक्तपुर प्रहरीले जनाएको छ। अस्मिता मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको जनाइएको छ।

बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्। भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको मध्यपुर नगरपालिकाकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले जनाकारी दिए।

इँटाले बनेको पुरानो शैलीको घर आगलागीबाट लगभग पुरै जलेको छ ।