Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने

‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने भएका छन्।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउन लागेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए।

अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेल बजारमा पनि चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। सभामा अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता महत र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टंकबहादुर थापाले जानकारी दिए।