काठमाडौँ । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ ।
पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बम विस्फोट भएको हो ।
विष्फोटमा परि भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको र बम उहाँले नै बोकेको शङ्का गरिएको छ । उनी विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठको स्थानीय किल्निकमा उपचार भइरहेको छ ।