Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

काठमाडौँ । जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुँदा मतदान अधिकृत, सहायक मतदान अधिकृत‚ कार्यालय सहयोगी र ३ जना प्रहरी घाइते भएका छन्।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।

निरीक्षक जोशीका अनुसार दुर्घटनामा निर्वाचनमा खटिएका सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने‚ हरिप्रसाद देवकोटा र कार्यालय सहयोगी अंगराज गिरीसहित ६ जना घाइते भएका हुन्।