Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना,४ जनाको मृत्यु

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना,४ जनाको मृत्यु

काठमाडौं । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन्।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जीप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए। जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जीप बिहान ७ बजे दुर्घटनामा परेको हो।