काठमाडौँ । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर(पिपल चौतारा सडकखण्डमा आज बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।