Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या,४ जना घाइते

धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या,४ जना घाइते

काठमाडौँ । धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवको भनाई छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।

सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ ।