Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

काठमाडौँ । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको बस्नेतले बताए ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन ।