Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला

राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला

काठमाडौँ । राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ।

बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ।

हिजो बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए।

हिजो बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आज बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए। ती मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए। नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।