काठमाडौँ । विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा डोजर चलाएको छ।
आज महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरेको थियो।
काठमाडौँ महानगरबाट सुरु भएको अनाधिकृत संरचना हटाउने अभियान पछिल्लो समय विराटनगरसँगै अन्य जिल्लामा पनि सुरु भएको छ।
विराटनगर महानगरपालिकाले नगरप्रमुर नागेश कोइरालाले नै निर्माण गरेको अनाधिकृत संरचनामा डोजर चलाएर यो अभियान सुरु गरेको हो।
शहर सुन्दरीकरण महानगरको मुख्य उद्देश्य भएकाले अनाधिकृत निर्माण भएका संराचनालाई हटाइएको नगर प्रहरी प्रमुख राजन पौडेलको भनाई छ ।