Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गठबन्धन सरकारको विकल्प नभएको लोसपाको निष्कर्ष

गठबन्धन सरकारको विकल्प नभएको लोसपाको निष्कर्ष

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल कांग्रेस नेतृत्वको गठबन्धन सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

निर्वाचनपछि सोमबार बसेको शीर्ष नेताहरूको समीक्षा बैठकले तत्कालै कांग्रेस नेतृत्वको गठबन्धन सरकारको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको हो ।

नेता शरतसिंह भण्डारीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारका लागि पहल गर्नेबारे छलफल भएको बताए । उनले लोसपा चुनावअघि नै गठबन्धनको अंग भइसकेको अवस्थामा गठबन्धनलाई नै पहिलो प्राथमिकता दिने कुरा रहेको बताए ।

मधेशका सात सिटमा कांग्रेस नेतृत्वको गठबन्धनसँग तालमेल गरेर चुनाव लडेको लोसपाले ४ सिट जितेको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महत्तोले नै चुनाव हारेका छन् ।