काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
गएराति धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जिप पुर्चौडी नगरपालिका ७ सुइलेकमा दुर्घटनामा परेको हो।
घाइते हुनेहरूमा जिप चालक डोटीको जोरायल गाउँपालिका २ का बिष्णु भट्ट, बझाङ बुङ्गल नगरपालिकाकी हर्का देवी धामी, सचिन धामी , मैनादेवि बोहरा , लालीदेवि कार्की र धनसरा सिंह रहेका छन्।
घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।